१० असार २०८३, बुधबार

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिँदै

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिँदै
फाइल फोटो

बहत्तरौं राष्ट्रिय प्रजातन्त्र दिवस शनिवार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

शनिवार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।  

विक्रम संवत् २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
    
सरकारले फागुन ६, ७ र ८ गते ३ दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । ३ दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विक्रम संवत् २०४६, २०६३ र २०६५ सालका परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

प्रजातन्त्र दिवसकै जगमा करीब ७० वर्षपछि संविधान सभाबाट संविधान जारी हुन सफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्