२९ जेठ २०८३, शुक्रबार

‘बर्थिङ सेन्टर’मा गर्भ जाँच गराएर सुत्केरीका लागि शहरका अस्पतालतिर

‘बर्थिङ सेन्टर’मा गर्भ जाँच गराएर सुत्केरीका लागि शहरका अस्पतालतिर
प्रतिकात्मक तस्वीर

सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर गाउँका महिला अझै पनि पैसा खर्च गरेर शहर पुगी सुत्केरी गराउँछन् । 

आदिवासी, मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको २ वर्षको तथ्यांक विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र बिर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्यांकले देखाएको छ । 

पालिकाको कामाटोली बजारमा विगत ५ वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ तर विगत २ वर्षको अवधिमा पालिकामा ३ हजार ११७ बालबालिकाको जन्म भए तापनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए ।

पालिकाले स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो । जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ । सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्यांकले देखाएको छ । 

उनका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७/०७८ मा ११ र २०७६/०७७ मा २३ जना सुत्केरी भएका छन् । सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताए । उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्