अर्घाखाँची, १९ असार– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धन अर्घाखाँचीको सन्धिखर्कमा सफल भएको छ ।
सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेस–माओवादी गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ककमलप्रसाद भुसाल विजयी भएका छन् । उले ८३०३ मत प्राप्त गरे ।
उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ठाकुर कुमार बिक विजयी भएका छन् । उनले ७१२७ मत प्राप्त गरे ।
मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार पराजि भएका छन् । एमालेबाट सन्धिखर्कको मेयरमा कृष्णप्रसाद श्रेष्ठ र उपमेयरमा ईश्वरा पोख्रेल प्रतिस्पर्धामा थिए ।