०७ असार २०८३, आइतबार

साउदी अरबले दियो कतारलाई ४८ घण्टे अल्टिमेटम, त्यसपछि के हुन्छ ?

कात्तिक २०, २०७४
साउदी अरबले दियो कतारलाई ४८ घण्टे अल्टिमेटम, त्यसपछि के हुन्छ ?
काठमाडौं, १९ असार– साउदी अरब र तीन अरब मुलुकले कतारलाई आफ्नो शर्त मान्न दिएको समयसीमा नाघेर थप ४८ घण्टा बढाएका छन् ।


१३ वटा शर्त रहेको उक्त सूचीको समयसीमा आइतवार सकिएको थियो । उक्त शर्तमा समाचार च्यानल अल जजीरालाई बन्द गर्नुपर्ने समेत समावेश थियो । अल जजिरा कतार सरकारको टिभी च्यानल हो ।

साउदी अरब, मिस्र , यूएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाइएका छन् । ती देशका अनुसार कतारले आतंकवादीलाई आर्थिक सहयोग गर्दै आएको आरोप छ । तर कतारले भने यस आरोपलाई अस्वीकार गरेको छ ।
कतारले कुवेतलाई चिठी मार्फत यसको औपचारिक जवाफ दिने जानकारी दिइएको छ ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दलरहमानले अल– ताहिनीले अन्य देशले राखेको उक्त शर्त नमान्ने शनिवार घोषणा गरेका थिए तर उनले केही बुँदामा छलफल गर्न सक्ने उनले बताएका थिए ।

पछिल्लो दुईहप्तादेखि कतारमाथि साउदी अरब लगायत अन्य सहयोगी राष्ट्रहरुले आर्थिक नाकाबन्दी लगाउँदै आएका छन् । २३ जुनमा यी चारदेशले कतारलाई शर्त स्वीकार गर्न समयसीमा दिइएको थियो । जसमा टर्कीमा तैनाथ सैनिक ब्यारेक हटाउने र इरानसँग कुटनैतिक सम्बन्ध नराख्ने थियो ।

यस नाकाबन्दीका बीच टर्की र इरानले कतारलाई सहयोग गर्दै आएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्