०१ असार २०८३, सोमबार

एनआरएन क्षेत्रिय बिलबाउ अध्यक्षमा चौधरी विजयी

कात्तिक २०, २०७४
एनआरएन क्षेत्रिय बिलबाउ अध्यक्षमा चौधरी विजयी

स्पेन,१९ बिलबाउ - गैर आवाशिय नेपाली संघ क्षेत्रिय समिति बिलबाउको पहिलो अधिबेशनबाट महानारायाण चौधरी विजयी भएका छन् ।

शनिबार भएको अध्यक्ष,सचिब र केन्द्रिय सचिबमा निर्वाचन भएको थियो भने बा“की पदहरुमा निर्विरोध भएका थिए । पहिलो अधिबेशनबाट चौधरीले कुल मत एक सय ७९ एनआरएन मतदाता मध्ये ९१ मत सहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्घन्द्घी पुर्ण प्रसाद राईले ८१ मत प्राप्त गरेका थिए भने ८ मत बदर भएको थियो ।

क्षेत्रिय अधिबेशनको प्रमुख अतिथि एनआरएन स्पेनका अध्यक्ष मक्त बहादुर गुरुङ्गले एनआरएन स्पेनले सहमती तथा समन्वयनमा विगत देखि सकारात्मक सन्देश दिदै नया“ ढंगबाट नेतृत्व निर्माण गदै आएकाले अहिले पनि सहमतीबाट अगाडि बढ्नु पर्नेमा जोड दिए ।

एनआरएनको दुई वर्षे आफ्नो कार्यकालमा सबैलाई संगै सहयात्रिको भुमिकामा हात्तेमालो गदै अगाडि बढेको र स्पेनबासीको सहयोगमा सदैब लाग्ने प्रतिबद्घता सहित अबको आईसिसि सदस्यमा उमेदवारी समेत रहेको उनले बताए ।
एनआरएनमा राजनिति गुटबन्दी तथा राजनितिक हस्तक्षेपलाई आफ्नो पुर्ण कार्यकालमा समाप्त गरेको बताउदै सहमतीको बिन्दुबाट राजनितिक मुक्त एनआरएन स्पेन बनाउन आफ्नो कार्यकाल सफल भएको उहा“को दावी थियो ।
अबको आईसिसि सदस्यमा पनि सकारात्मक भुमिका खेल्ने मौका स्पेनबासी हाम्रो दाजुभाई तथा दिदी बैनीको पुर्ण सहयोग रहने समेत आशा गरेको उहा“को भनाई छ । यसै गरी सचिबमा कमला बरालले ६३ मत सहित विजयी भईन् भने उनको प्रतिद्घन्द्घी महेश पंगेनी ५८मत सहित दोस्रो र राजेन्द्र सेढाईले ५० मत प्राप्त गरेका छन् भने ८ मत बदर भएको थियो ।

एनआरएन केन्द्रिय सचिबमा तुलसी बहादुर गुरुङ्गले ९२ मत सहित विजयी भएका छन भने उनको प्रतिद्घन्द्घी कृष्ण प्रसाद सिग्देलले ८० मत प्राप्त गरेका थिए ।

निर्विरोध हुनेहरुमा उपाध्यक्ष दीपेन्द्र प्रकाश अर्याल,सह सचिब सुरेन्द्र चौलागाई,कोषाध्यक्षमा रमिला चौलागाई (योगमाया) महिला फोरम संयोजकमा मालती पन्थ,युवा संयोजकमा गुन महादुर थापा (बाबु) निर्विरोध भएका थिए । सदस्यहरुमा बिकाश कार्की,टंक बराल,उमा गुरुङ्ग,संजय सुवेदी,संतोष अधिकारी(जोन),मिलन गुरुङ्ग,राम कृष्ण राना मगर निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा एनआरएन स्पेनका उपाध्यक्ष गौतम गुरुङ्ग,बरिष्ठ सल्लाहाकार दावा ऋषि श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्