२६ जेठ २०८३, मंगलबार

माओवादीका टोपबहादुरको गृहजिल्लामा कांग्रेसलाई बहुमत, एमाले एक ठाउँमा विजयी

कात्तिक २०, २०७४
माओवादीका टोपबहादुरको गृहजिल्लामा कांग्रेसलाई बहुमत, एमाले एक ठाउँमा विजयी

अर्घाखाँची, १९ असार– अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक/एक स्थानीय तहमा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका हुन् भने मालारानी गाउँपालिकामा एमालेले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

सन्धिखर्क नगरपालिकाको प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले आठ हजार ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले सात हजार १२७ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विकले सात हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले छ हजार ४०४ मत प्राप्त गरे ।

शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेसकै सूर्य अधिकारीले आठ हजार ६७७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त श्रेष्ठले छ हजार ९९० मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका टीका रेस्मीले सात हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता भाट छिन् ।

यसैगरी छत्रदेव गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै लेखनाथ पोख्रेलले छ हजार १६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले पाँच हजार ६५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले छ हजार १९० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मनिषा पन्थी रहेका थिए ।

यस्तै, पाणिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै अच्युत गौतमले पाँच हजार ९७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनारायण कोइरालाले पाँच हजार ४८५ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले पाँच हजार ५४७ मत प्राप्त जीत हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका पोख्रेल थिइन् ।

यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले छ हजार ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले पाँच हजार ५०४ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री छ हजार ५२२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले पाँच हजार २१० मत प्राप्त गरे ।

त्यस्तै, भूमिकास्थान नगरपालिकाको प्रमुख माओवादी केन्द्रका रेशम थापा पाँच हजार ३२० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले चार हजार ५४२ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका खडानन्द बेल्बासेले पाँच हजार २३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले चार हजार ७०१ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्