
बहुचर्चित चारा घोटाला प्रकरणमा नेता लालूप्रसाद यादवलाई ५ वर्ष जेल र ९६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ ।
विशेष अदालतका न्यायाधीश एसके शशिले फैसला सुनाउँदै ५ वर्ष जेल र ९६ लाख जरिवाना गरेका छन् ।
डोरन्डा कोषागारको चारा घोटाला बहुचर्चित प्रकरण हो । घोटालामा लालू यादवलाई मुख्य षड्यन्त्रकारीको आरोप लगाइएको थियो, जसलाई अदालतले स्वीकारेको छ ।
सीबीआईले लालू यादव वित्तमन्त्री र मुख्यमन्त्री हुँदा यादवकै संलग्नतामा घोटाला भएको थियो । यसअघि समेत यादव चारा घोटालासँग सम्बन्धित ४ मुद्दामा दोषी ठहर भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारको राजनीतिमा प्रभावशाली खेलाडी मानिने लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिएर बदनाम भइरहेका छन् ।