२९ जेठ २०८३, शुक्रबार

रुपन्देहीको मायादेवी गापामा काँग्रेस विजयी

कात्तिक २०, २०७४
रुपन्देहीको मायादेवी गापामा काँग्रेस विजयी

लुम्बिनी, १९ असार - रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

       अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गर्नुभयो ।

       यसैगरी उपाध्यक्षमा तारादेवी यादवले दुई हजार २१३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले दुई हजार १६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिनुभयो ।

       कुल २० हजार ८८६ मतदाता रहेको सो गाउँपालिकामा १६ हजार ८९७ मत खसेको थियो । तीमध्ये करिब १५ प्रतिशत मद बदर भएको निर्वाचन अधिकृत पन्थीले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्