०४ असार २०८३, बिहीबार

अध्यागमनमा गलत काम गर्नेलाई क्षमा नदिईने गृहमन्त्री शर्माको प्रतिवद्धता

कात्तिक २०, २०७४
अध्यागमनमा गलत काम गर्नेलाई क्षमा नदिईने गृहमन्त्री शर्माको प्रतिवद्धता

काठमाडौं, १९ असार– गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा न दिईने बताएका छन् । गृहमन्त्री शर्माले अध्यागमनका सूचना आफूकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई क्षमा नदिईने बताए ।

सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘म कहाँ आईपुगेको सूचना गलत पनि हुनसक्छ सही सुचना हुन भने गलत गर्नेहरु तयार भएर बस्नुहोला ।’

अध्यागमनमा हुने गरेको गलत कामको सुचना सही हो या हैन भन्नेबारे आफुले बुझिरहेको जानकारी दिँदै उनले भने, ‘काम गर्दागर्दै भुल भएको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको कारणले राष्ट्रको बद्नामी हुने र सेवामा ठुलो संकट आएको मैले बुझेको छु ।’

केही दिनयता मात्रै पनि त्यस्ता घट्ना घटेको सुचना आफुले पाएको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक रिपोर्ट आएमा कारवाही गरिने बताए ।

स्वार्थमा लागेर राष्ट्रलाई धोका दिने काम गर्ने जोकोहीलाई पनि क्षमा दिन नसकिने उनले बताए ।

उनले भने, ‘कर्मचारीका लागि मन्त्री कुनै विशेष चिज होईन, तपाईहरुको साथी हुँ, साथीको रुपमा ब्यवहार गर्न चाहन्छु ।’


सोमबार विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमन सँग सम्वन्धीत सवै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागि दरखास्त दिन सक्नेछन् । त्यस्तै, विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने व्यवस्था मिलाएको छ ।

गृहमन्त्री शर्माले ‘नेपाल ईमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्