०४ असार २०८३, बिहीबार

के मृत्यु भइसकेपछि मानिसले दोस्रो जन्म पाउँछ ? यस्तो छ रहस्य

कात्तिक २०, २०७४
के मृत्यु भइसकेपछि मानिसले दोस्रो जन्म पाउँछ ? यस्तो छ रहस्य

पूर्वजन्म, पुनर्जन्म, भूत–प्रेत, आत्मा, वैज्ञानिकका लागि यी सबै विवादास्पद विषय हुन् । किनकी वैज्ञानिकहरु प्रत्येक विषयलाई विज्ञानको कसौटीमा कस्ने प्रयास गर्छन् । तर केही कुरा यस्ता पनि छन्, जसलाई बिज्ञानको कसौटीमा कस्न सकिँदैन । यस्ता रहस्यमयी विषयलाई आध्यात्मको भाषामा अलौकिक तथा परालौकिक भनिन्छ ।

भगवान श्रीकृष्णले गीतामा स्पष्ट रूपमा भनेका छन् कि, आत्मा न कहिल्यै मर्छ, न त जन्म नै लिन्छ । र यथार्थ पनि यही हो कि मृत्यु पछि पनि आत्माको अस्तित्व बाँकी रहन्छ । र समय आएपछि उसले पुनर्जन्म लिनु पर्छ ।

वैज्ञानिक व्यक्ति होस् अथवा आध्यात्मिक । तर एक कुरालाई कोही पनि नकार्न सक्दैन कि शरीरमा कुनै यस्तो चीज हुन्छ, जसका कारण प्राणी जीवित रहन्छ, तथा त्यो चीज शरीरबाट निस्किनेवित्तिकै मृत्यु हुन्छ । आध्यात्मिक भाषामा यसलाई ‘आत्मा’ नामबाट सम्बोधित गरिएको छ ।

यदि आत्माजस्तो कुनै चीज हुन्छ भने शरीरबाट निस्केपछि पनि उसको अस्तित्व हुन्छ नै होला । चाहे हामीले त्यसलाई नाङ्गो आँखाले देख्न सकौं या नसकौं ।

यो कुरामा त वैज्ञानिक पनि सहमत छन् कि, केही चीज यस्ता पनि हुन्छन्् जसलाई आँखाले देख्न सम्भव हुँदैन । जस्तै हावा, गन्ध, सुगन्ध इत्यादि । यी चीजहरु देख्न सकिँदैन, तर यीनिहरु छन् भन्ने महशुष हाम्रा इन्द्रियहरुद्वारा गर्न सकिन्छ ।

र केही चीज यस्ता पनि हुन्छन्, जो न त आँखाले देखिन्छन् न त ती चीजहरु भएको महशुष हुन्छ । जस्तै रेडियो प्रसारण तरंग, दुरदर्शन तरंग, मोबाइल नेटवर्कका तरंग । यी सबै तरंगहरु वैज्ञानिक उपकरणद्वारा उत्पन्न गराइएका हुन्छन् । र यीनिहरुलाई पकड्नका लागि वैज्ञानिकद्वारा निर्मित विद्युतीय उपकरणको आवश्यकता पर्छ ।

ठीक यस्तै प्रकारले आत्माको कल्पना गर्न सकिन्छ, जो मृत्यु पश्चात वायु मण्डलमा विद्युतीय तरंग जस्तै स्वतन्त्र रुपमले विचरण गर्छ । र पुनः कुनै शरीरमा प्रवेश गरेर आफ्नो अस्तित्वको महशुष गराउँछ ।

पश्चिमी देशका वैज्ञानिकहरुले पनि आत्माको अस्तित्व स्वीकारेका छन् । तर पूर्वजन्म, पुनर्जन्म, आत्मा, भूत–प्रेत, इत्यादि विषयमा अनेक शोध एवम् खोज गरिरहेका छन् ।

अहिलेसम्म सयौं मानिसहरुले आफ्नो पुनर्जन्म भएको प्रमाण दिएका छन् । अनेक मानिसहरुले आफ्नो पूर्वजन्ममा घटेका घटनाहरु स्पस्ट रुपमा पूरा प्रमाणका साथ बताएर यो सिद्ध गरेका छन् कि वास्तवमै यो उनीहरुको पुनर्जन्म हो ।

साथै पुर्वजन्मका आमा, बाबु, भाइ, बहिनीसम्बधी सबैका नाम बताएर तथा उनीहरु सबैलाई चिनेर मानिसहरुलाई हैरान पनि गरिदिएका छन् । उनीहरुले बताएअनुसार अनेक डाक्टर तथा वैज्ञानिकले पनि निरीक्षण गरे । जसमा पूर्वजन्मको घटना सत्य एवम् प्रमाणित पनि भएका छन् ।

केही घटनाले त डाक्टर तथा वैज्ञानिकहरुलाई पनि हैरान गरिदिएका छन् । जब कोही व्यक्ति डाक्टरद्वारा मृत घोषित हुन्छ, र केही समयपछि जब उ जीवित हुन्छ, तब डाक्टर, वैज्ञानिक सबै अवाक हुन्छन् । पुनर्जीवित हुने यस्ता घटना धेरै पटक घटि सकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्