१२ असार २०८३, शुक्रबार

एमालेले ५ हजार मत ल्याउँदा माओवादीलाई ५ सय मात्रै

कात्तिक २०, २०७४
एमालेले ५ हजार मत ल्याउँदा माओवादीलाई ५ सय मात्रै

अछाम, १९ असार– आछामको साँफेबगर नगरपालिकाको मतगणना सकिएको छ । र एमालेका उम्मेदवार कुलबहादुर कुँवर ५८३८ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ध्वजबहादुर कुँबरले ५४१२ मत ल्याएर एमालेका कुँबरलाई कडा टक्कर दिए ।

तर नेकपा माओवादी केन्द्रका उम्मेदवारले भने सो नगरपालिकामा राम्रो मत पाउन सकेन ।

साँफेबगरको मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार खगेन्द्र ओडले जम्मा ५६३ मत प्राप्त गर्न सके ।

साँफेबगरको उपमेयरमा पनि एमालेकै उम्मेदवार वीरमला बुढथापा ५९८४ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुमा आउजीले ५२६२ मत ल्याउँदा माओवादीबाट उपमेयरकी उम्मेदवार बैजन्ती कुँवरले भने ५३९ मत मात्रै प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्