
केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारीका लागि आवेदन माग गरेको छ ।
विभागले सुपरीवेक्षक १२८० जना र गणक ५०२३ जना माग गरेको हो ।
विभागले राष्ट्रिय कृषि गणनाको तथ्यांक संकलन तथा सुपरिवेक्षणका लागि कर्मचारी माग गरेको हो ।
स्नातक तह वा सो सरहले सुरपरिवेक्षक र प्रविणता प्रमाणपत्र वा सो सरहकाले गणक पदका लागि आवेदन दिन सक्नेछन् । यसको करार अवधि भने दुई महिनाको हुनेछ ।
हेर्नुहोस् सूचना
