२६ जेठ २०८३, मंगलबार

नेपालले सस्तैमा गुमायो चार विकेट

फागुन १०, २०७८
नेपालले सस्तैमा गुमायो चार विकेट

टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट अन्तर्गत सेमी फाइलनमा यूएईविरूद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले सस्तै चार विकेट गुमाएको छ ।

नेपालकोतर्फबाट ब्याटिङ गरेका आरिफ शेख ११, कुशल भुर्तेल ७ तथा आसिफ शेख र लोकेश बम शून्य रनमा आउट भएका छन् । 

यसअघि यूएईका लागि १७५ रनको सम्मानजनक योगफल तयार पार्नेक्रममा मोहमद वासीमले ७० र व्रित्या अरविन्दले ४६ रनको आक्रामक पारी खेले ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।

आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्