नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।
एमसीसी संसदमा पेश भएपछि ओली प्रधानमन्त्री देउवालाई भेट्न पहिलो पटक बालुवाटार गएका हुन् ।
संसदमा एमसीसी पेश हुने अघिल्लो दिन देउवाले बालकोटा पुगेर ओलीलाई भेटेका थिए । दुई नेताको भेटमा भएको कुराकानी सार्वजनिक भएको छैन ।
एमालेले सत्तारूढ गठबन्धन भत्काउने शर्तमा एमसीसीमा सघाउने बचन देउवालाई दिएको राजनीतिक वृत्तमा चर्चा छ ।
आजको भेट दुई नेताले के सहमती गर्छन भन्ने कुरामा एमसीसी र गठबन्धन के हुने भन्ने टुंगो लाग्न सक्छ ।