०५ साउन २०८३, मंगलबार

मधेश प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगन

फागुन १०, २०७८
मधेश प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगन

मधेश प्रदेश सभाको मंगलवार बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलवार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभा बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो । 

प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले मंगलवारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मंगलवार बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो ।

यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्