
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितका ६ दलले बुधवार बानेश्वरमा प्रदर्शन गर्दैछन् ।
नेकपासहित साना वामपन्थी दल र २ मोर्चाले सांस्कृतिक प्रतिरोध संघर्ष गर्न लागेका हुन् ।
मध्याह्न १२ बजेपछि शुरू हुने कार्यक्रममा जनगायक जीवन शर्मा, माइला लामालगायत कलाकारले गीतमार्फत एमसीसीको विरोध गर्दैछन् ।
विप्लवनिकट सामना सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारका कलाकारले प्रस्तुति दिने तयारी गरेका छन् ।
फागुन ८ गते प्रतिनिधि सभामा पेश भएको एमसीसी सम्झौतामाथि बिहीवारदेखि प्रतिनिधि सभामा छलफल हुँदैछ । एमसीसी टेबुल भएको दिन बानेश्वर क्षेत्रमा झडप भएको थियो ।
सत्तारुढ दलहरूबीच एमसीसीलाई लिएर विवाद भइरहँदा सडकमा विरोध चर्किएको छ ।