३१ असार २०८३, बुधबार

सबै प्रपञ्चको जालो चिरेर हामी विजयी हुनेछौं : प्रचण्ड

फागुन ११, २०७८
सबै प्रपञ्चको जालो चिरेर हामी विजयी हुनेछौं : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका जनाएका छन् ।

अमेरिकी सहयोगको एमसीसी विवादका कारण सत्तारुढ गठबन्धनमा दरार उत्पन्न भएका बेला प्रचण्डको फेसबूक पेजमा लेखिएको छ, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्भूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका प्रचण्ड एमसीसीका कारण समस्यामा परेका छन् ।

एमसीसी पारित गराउन देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्