०७ असार २०८३, आइतबार

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको अनुरोध

फागुन ११, २०७८
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको अनुरोध

युक्रेन र रुसबीच तनाव उत्पन्न भइरहेको बेला परराष्ट्र मन्त्रालयले नेपालीलाई स्वदेश फर्किन अनुरोध गरेको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै अत्यावश्यकबाहेक युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

मन्त्रालयले अत्यावश्यकबाहेक युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ ।

युक्रेन संकटले समस्यामा परेका नेपालीले नेपाली राजदूतावास बर्लिनमा सम्पर्क गर्नसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्पर्कका लागि सम्पर्क नम्बर र इमेल समेत दिएको छ ।

यस्तो छ मन्त्रालयको सूचना –

salt training

कमेन्ट गर्नुहोस्