१५ असार २०८३, सोमबार

संसद्को सम्भावित कार्यसूचीमा पर्‍यो एमसीसी

फागुन ११, २०७८
संसद्को सम्भावित कार्यसूचीमा पर्‍यो एमसीसी
फाइल फोटो

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेश गर्नुहुने कार्यसूची तय गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्