३१ असार २०८३, बुधबार

कस्तो रहला आज दिनभरको मौसम ?

फागुन १२, २०७८
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ।  

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस्तै सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।   

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सूदूरपश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्