
युक्रेनका अधिकारीहरूले रुसी सैनिकहरू ओडेसामा आइपुगेको र सीमा पार गरेर खार्किभमा पनि प्रवेश गरिरहेको बताएका छन् ।
युक्रेनको गृह मन्त्रालयले यसको घोषणा टेलिग्राममा गरेको हो । रकेट आक्रमणले किएभको एक विमानस्थलमा रहेको युक्रेनी लडाकू विमानलाई तारो बनाएको पनि उसले बताएको छ ।
युक्रेनको पूर्व र दक्षिणी भागमा रहेका १० वटा क्षेत्रमा आक्रमण शुरू गरिएको त्यहाँको आपतकालीन सेवाले जनाएको छ ।
भासिलकोव्स्की विमानस्थलमा शक्तिशाली हवाई आक्रमण गरिएको छ ।
युक्रेनले गरेको यो दाबी सही हो भने रुसले विशाल स्तरमा गरेको आक्रमण भनी बुझ्नुपर्छ ।