०८ साउन २०८३, शुक्रबार
प्रतिपक्षीको साथ खोज्दै प्रधानमन्त्री

संसद् बैठक स्थगित भएपछि ओलीसहित एमालेका सीमित नेतासँग छलफलमा देउवा

फागुन १२, २०७८
संसद् बैठक स्थगित भएपछि ओलीसहित एमालेका सीमित नेतासँग छलफलमा देउवा

प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेका दोस्रो तहका केही नेताहरूलाई समेत राखेर बानेश्वरमा ओली र देउवाबीच छलफल भइरहेको हो ।

एमालेसँग छलफलका लागि भन्दै प्रधानमन्त्री देउवाले संसद् बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

देउवाकै आग्रहमा सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएलगत्तै छलफल शुरू भएको स्रोतले जानकारी दियो ।

छलफलमा एमालेबाट ओलीका अलावा ईश्वर पोखरेल, विष्णु पौडेललगायत सहभागी छन् भने कांग्रेसबाट महामन्त्री गगन थापा, सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी छन् ।

एमसीसी पारित गर्न सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट साथ नपाएपछि देउवाले एमालेको साथ खोजेका हुन् ।

एमाले भने एमसीसीमा सघाउनुअघि सत्ता गठबन्धन टुट्नुपर्ने अडानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्