१२ साउन २०८३, मंगलबार

राप्रपा अध्यक्ष लिङ्देनले गरे विभाग प्रमुख मनोनयन, प्रचार विभाग प्रमुखमा श्रेष्ठ

फागुन १२, २०७८
राप्रपा अध्यक्ष लिङ्देनले गरे विभाग प्रमुख मनोनयन, प्रचार विभाग प्रमुखमा श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ७ विभागको प्रमुख मनोनयन गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय प्रवक्ता, ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्