
आज (शुक्रवार) प्रतिनिधि सभा बैठक बस्दैछ ।
बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
आजको बैठकमा एमसीसीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग समेत छलफल गरेर सहमति जुटाउने बताएपछि बैठक स्थगित भएको थियो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा २ वटा सम्भावित कार्यसूची छ ।
पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८' पेश गर्ने कार्यक्रम छ ।
यस्तै दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।