
रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेपछि युद्ध जारी छ । युद्ध भयानक मोडमा पुगेर रुसले युक्रेनको राजधानी किभमा आक्रमण गरिरहेको छ ।
राजधानी किभमा आक्रमण गर्न आएका सैनिक सवार विमानलाई खसालेको युक्रेनी सेनाले दाबी गरेका छन् । विमानमा रुसी सैनिक सवार थिए तर रुसले भने यसबारे केही प्रतिक्रिया जनाएको छैन ।
किभभन्दा ४० किलोमिटर दक्षिणमा रुसी सैनिक विमान आईएल–७६ लाई खसालेर ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।