
युक्रेनको राजधानी कीभको दक्षिणपश्चिममा शनिवार दुईवटा मिसाइल आक्रमण भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनीहरूको निशाना के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
कीभको स्थानीय सरकारले एउटा क्षेप्यास्त्र एक आवासीय भवनमा खसेको जनाएको छ ।
रोयटर्सका अनुसार राजधानीको जुलियानी एयरपोर्ट नजिकै अर्को मिसाइल खसेको थियो ।
सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक तर्फबाट भत्किएको एउटा आवासीय भवन देखाइएको तस्वीरसँग यो रिपोर्ट सम्बन्धित रहेको बताइन्छ ।
“We are not targeting civilian facilities” pic.twitter.com/FOvtol6QAt
— Myroslava Petsa (@myroslavapetsa) February 26, 2022