
मेष
यो हप्ता व्यापारमा कुनै पनि नयाँ योजना बनाउनको लागी उपयुक्त समय रहन्छ । वर्तमान गतिविधिहरूमा केन्द्रित रहनुहोस् र बिबिद लाभको फाइदा उठाउनुहोस् । मिहिनेतकवाट मात्रै लाभको प्राप्ति हुनेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। भोगविलासमा मन रमाउनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला ।
वृष
यो साता तपाईंको धर्म र अध्यात्ममा तपाईंको विश्वासले तपाईंलाई वर्तमान नकारात्मक अवस्थामा पनि सकारात्मक उर्जा दिन्छ र सुख समाचार प्राप्ति हुन्छ । कर्म र पुरुषार्थमार्फत तपाईं सफलता र उपलब्धि हासिल गर्नुहुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
मिथुन
यो हप्ता तनावलाई नजर अन्दाज नगर्नु आफूलाई शान्त राख्ने प्रयास गर्नु पर्ला । आर्थिक पक्ष राम्रो छ । आफ्नो धन फिर्ता आउनु पर्ने भए आउने सम्भावना छ । परिवारमा एकदमै राम्रो माहौल छाउला । कुनै व्यक्तिले हजुरको कुरा काटनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बुधबारपछि रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ ।
कर्कट
यो साता तपाईंलाई सामाजिक र पारिवारिक प्रशंसा पनि दिनेछ तर केहि विवादहरु निम्त्याउने उतिकै सम्भावना रहन्छ । साथीहरूसँग सकारात्मक अन्तरक्रिया हुनेछ । सम्बन्धमा सामान्य प्रतिफल हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
सिंह
यो हप्ता कहिलेकाँही अधिक आत्म-केन्द्रित हुन र महत्त्वको भावना राख्नु हानिकारक हुन सक्छ । कमजोरीहरूलाई सकारात्मक तरीकाले प्रयोग गर्नुहोस् र वरपरको साना नकारात्मक चीजहरूमा नजर राख्नुहोस्, केहि धनप्राप्तिको योग रहेको छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
कन्या
यो साता भाग्यशाली रंग - रातो, भाग्यशाली अंक ४ रहनेछ । तपाईं आफ्नो भित्र बढिरहेको अहंकारको जागरूकता महसुस गर्नुहुनेछ, जसका कारण तपाईंले अहंकार हटाउने प्रयास गर्नुहुनेछ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला ।
तुला
पढाइ लेखाइमा मिहिनेत गरेअनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला, नराम्रो घटना हुनसक्छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् ।
वृश्चिक
यो साता मायाप्रेममा एकअर्काबीच नचाहँदा नचाहँदै छुट्टिनु पर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ ।
धनु
यो हप्ता अधिक काम र मिहिनेतले मात्रै आर्थिक लाभ माथि उठ्नेछ । तपाईंले आफ्नो आलस्यको कारण तपाईंले पाउनु भएको अवसर हराउनु भएको छ । अरूको प्रगति देखेर, तपाईं असुरक्षा बढाउन सक्नुहुन्छ, तपाईंको जीवनमा बढी ध्यान दिनुहोस् र कसरी तपाईंको प्रगति बढाउने भनेर सोच्नुहोस् । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछी लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।
मकर
यो साता दौडधुपमा समय बित्ने छ । फुर्सद मिलेको समयमा रचनात्मक भइने छ । महत्त्वपूर्ण जानकारी हात लाग्नेछ । व्यक्तिगत सम्बन्धमा केहि परिवर्तनहरू हुनसक्दछन्, जसको कारण ती सम्बन्धहरू तपाइँद्वारा फेरि पूर्वावलोकन गरिनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला ।
कुम्भ
यो हप्ता प्रेम - श्रीमान् र श्रीमतीमा केही सानो कुराको बारेमा विवाद हुनसक्छ । बहसको स्थितिलाई अनावश्यक नबनाउनुहोस् । स्वास्थ्य ठीक हुनेछ । घरमा केहि किनमेल गर्न सकेन समय रहेको छ । अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ समय सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले प्रयास गरेका काममा लाभ मिल्नेछ ।
मीन
यो साता व्यापार गतिविधिहरु अझै सुधारको लागी अपेक्षित छैन । जे होस् एक प्रभावशाली व्यक्तिको योगदानले तपाईंको लागि केहि उपलब्धिहरू हासिल गर्न सहयोग गर्नेछन । सरकारी सेवा गर्ने व्यक्तिहरूले आफ्नो कामको लागि अझ राम्रो योगदान पुर्याउँछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)