०१ असार २०८३, सोमबार

बहसः ‘गाई’ पार्टीका धवललाई किन आयो मुस्लिमको भोट ?

कात्तिक २०, २०७४
बहसः ‘गाई’ पार्टीका धवललाई किन आयो मुस्लिमको भोट ?

नेपालगञ्ज, २० असार — नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार धवल शमशेर जवरा निर्वाचित भएका छन् । उनी लोकप्रीय मत ल्याउँदै नेपालगञ्जको मेयरमा फेरि एक पटक निर्वाचित भएका हुन् ।
२० वर्ष पहिले भएको स्थानीय निर्वाचनमा उनले नेपालगञ्ज नगरपालिकाको चुनाव जितेका थिए । नेपालगञ्ज अहिले बढुवा भएर उपमहानगरपालिका बनेको छ । बढुवा भएको नेपालगञ्जमा पनि धवलले जित निकालेका छन् ।

संसदमा चौथो शक्तिको रुपमा प्रतिनिधित्व गरेको राप्रपाले देशभरबाट लज्जास्पद हार बेहोरिरहेको छ । तर नेपालगञ्जमा मेयरकै पदमा निर्वाचित भएर धवलले राप्रपाकै नाक समेत राखिदिएका छन् ।

२० वर्ष अघि उनी एमालेबाट नेपालगञ्जको मेयर बनेका थिए । उनी जंगवहादुर राणाकै खलकका एक सदस्य हुन् । उनले नेपालगञ्जमा राजनीति भन्दा बढी व्यापार व्यवसाय गर्दथे ।

व्यवसायकै क्रममा उनी एमालेको टिकट लिएर चुनाव लडे । नेपालगञ्जमा मेयर जिते । पछि राजा ज्ञानेन्द्रको कदम पछि उनी राजाको कदम मन परेको बताउँदै एमाले छोडेर राप्रपा गएका थिए ।

स्थानीय तहको निर्वाचनमा निकै लोकप्रीय भोट ल्याउने उनले यस अघिका संसदीय तथा संविधासभाका निर्वाचनमा चाहिँ हार खाएका थिए । पछिल्लो संबिधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालासँग उनी दुई हजार मतले पराजित भएका थिए ।

सम्बन्धको सेतु नै चुनाव जित्ने आधार

धवल शमशेर हिन्दू राज्यको वकालत गर्ने राप्रपाका महामन्त्री हुन् । हिन्दू राज्यको वकाल गर्ने राप्रपालाई ‘गाई’ पार्टी पनि भनिन्छ । किनकी गाईसँग हिन्दु धर्मावलम्बिको पवित्र सम्बन्ध गाँसिएको छ । उनी हिन्दूवादी पार्टीबाट चुनाव लडे ।

तर उनले मत चाहिँ मुस्लिमको पाए । सामान्यतया हिन्दू र मुस्लिमका संस्कारहरु मिल्दैनन् । हिन्दूले मुस्लिमको र मुस्लिमले हिन्दूको मन जित्नु पनि गाह्रो नै मानिन्छ । तर नेपालगञ्जमा बसेका धवलले अन्तत मुस्लिमको मन जितेरै छोडे ।

उनले चुनाव जित्नुको मुख्य कारणनै मुस्लिम र हिन्दू धर्म मान्नेहरुसँग कायम गरेको सम्बन्ध हो । उनी आफू हिन्दूवादी धर्मको कार्यकर्ता भएपनि उनले नेपालगञ्जका मुस्लिम समुदायसँग निकै प्रीय सम्बन्ध बनाएका छन् ।
नेपालगञ्जको अधिकांश मतदाता मुस्लिमहरुनै हुन् । मुस्लिमहरु सबैले धवललाई नै भोट हालेको देखिन्छ । जहाँ जहाँ मुस्लिम मतदाता छन्, त्यहाँको भोट धवलले पाएका छन् ।

हिन्दू समुदाय र मुस्लिम समुदायका बीचमा बराबर सम्बन्ध स्थापित गरेका उनलाई चुनाव जित्ने मुख्य आधार पनि त्यहि बन्यो । २० वर्ष अघि धवल शमशेरले चुनाव जितेर निकै लोकप्रीय कामहरु गरेकोले पनि उनलाई यसपाली भोट खसेको स्थानीयहरु बताउँछन् । कांग्रेस एमालेको प्यानल भोटमा पनि मेयरको भोट चाहिँ धवललाई खसेको थियो ।

निकै पारदर्शी र हक्की स्वभावका उनले त्यो बेला नेपालगञ्जमा धेरै काम गरेका थिए । नेपालगञ्जको विकास निर्माणमा धेरै काम गरेका छन् । नेपालगञ्जको महेन्द्र पार्कलाई चिडियाखाना बनाए । रानी तलाउमा बोटिङ सुरु गराए । सरकारी जग्गामा अतिक्रमण हुन दिएनन् ।

प्राचिन बंगला र पाटी पौवाहरु समेत उनले संरक्षण गरेको स्थानीयहरु बताउँछन् । समग्रमा उनले नेपालगञ्जमा कुनैपनि गलत काम गरेका थिएनन् ।

मुस्लिमका लागि विकास


उनले मुस्लिमहरूसँगको सम्बन्ध नराम्रो बनाएनन् । उनीहरुको प्रतिको सद्भाव पनि निकै बलियो गरेर कायम गरेका छन् ।

उनले चुनावको बेलामा मुस्लिमका एजेण्डा पनि बोकेका थिए ।

हिन्दू राज्यको वकालत गर्ने पार्टीमा हुनुहुन्छ, भोट चाहिँ मुस्लिमको पाउनुभयो नि ?

जवाफमा उनी भन्छन्, ‘स्थानीय स्तरमा हाम्रो एजेण्डा भनेकै विकासको एजेण्डा हो । विकासकै एजेण्डाको कारणले मैले चुनाव जितेको हुँ ।’ उनले यसपालीको कार्यकालमा गर्ने कामको बारेमा चाहिँ केही पनि बताएनन् । निर्वाचन जितेपछि विजय जुलुसको धपेडीले गर्दा उनले आगामी योजनाको बारेमा बताउन असमर्थ भएका हुन् ।

तर उनले चुनावको बेलामा उठाएको सबैभन्दा ठूलो नारा मुस्लिम विश्व विद्यालयको हो । उनले अत्यन्तै महत्वकांक्षी योजना चुनावी नाराको रुपमा प्रयोग गरेका छन् ।

उनले एउटा पत्रिकालाई भनेका थिए, ‘त्यो बेला मैले धेरै काम गरेँ तर मनमा लागिरहेको एउटा काम गर्न सकिनँ । मेरो मुस्लिम विश्व विद्यालय खोल्ने योजना पुरा भएन । यसपाली चुनाव जितेँ भने अवश्य पनि आफ्नै कार्यकालमा मुस्लिम विश्वविद्यालय खोल्ने छु ।’ बुर्काका नाममा अझैपनि मुस्लिम समुदायका छोरीचेलीले पढ्न नपाएकोले आफूले कुुनैपनि हालतमा उक्त विश्व विद्यालय खोल्ने उनी बताउँछन् ।

‘विकास त नियमित प्रक्रिया हो । भइरहन्छ । तर विश्वविद्यालय चाहिँ मेरै कार्यकालमा खोल्छु । यो मेरो नगर हो । मेरो घर हो । घर लथालिंग पारेर देश बनाउन कसरी सक्छु र पहिले आफ्नो घर, नगर बनाउँछु, त्यसपछि बल्ल देश बनाउनतिर जानेछु ।’

यसरी उनले मुस्लिम समुदायप्रति कायम गरेको सद्भावकै कारणले चुनाव जितेको धेरैको विश्लेषण छ । किनकी उनले मुस्लिम समुदायका लागि केही विशेष काम गर्ने योजना बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्