१६ असार २०८३, मंगलबार

बाबुरामको टिप्पणी:  राजनीतिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक

फागुन १५, २०७८
बाबुरामको टिप्पणी:  राजनीतिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन् । 

आइतवार ट्वीटरमा एक ट्वीट गर्दै डा. भट्टराईले निजी तथा दलीय वा गुटीय स्वार्थका निम्ति दोहोरो भूमिका खेल्नेहरू दुश्मन भएको समेत बताएका छन् । 

यसअघि उनले कुनै पनि राजनीतिक वा सामाजिक मुद्धामा पक्ष र विपक्ष हुनु स्वभाविक भएपनि दोहोरो भूमिका खेल्नेहरू दुश्मन नै हुने बताएका छन् । 

उनले लेखेका छन्,‘कुनैपनि राजनीतिक/सामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोच र निष्ठाको धर्म निर्वाह गर्छन् । तर आफ्नो निजी/दलीय र गुटीय स्वार्थ निम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौँ ।'

salt training

कमेन्ट गर्नुहोस्