२५ जेठ २०८३, सोमबार

प्रहरीमा आत्मसमर्पण गर्नुअघि पलले भने- दर्शकसँगै चलचित्र हेर्ने इच्छा छ

फागुन १५, २०७८
प्रहरीमा आत्मसमर्पण गर्नुअघि पलले भने- दर्शकसँगै चलचित्र हेर्ने इच्छा छ

अभिनेता पल शाहले आफू बेकसुर भएको बताएका छन् । 

प्रहरीसँग आत्मसमर्पण गर्नुअघि एउटा भिडियो सन्देश जारी गर्दै उनले आफूलाई फसाइएको बताएका हुन् । 

भिडियो सन्देशमा घरको कमाउने आफू मात्रै भएकाले आफ्नो घर व्यवहार मिलाउनु पर्ने र स्वास्थ्य समस्या भएका कारणले प्रहरी समक्ष जान नसकेको बताएका छन् । भनेको दिन उपस्थित हुन नसकेकोप्रति उनले माफीसमेत मागेका छन् । 

उनले प्रहरी हिरासतमा भएपछि जे पनि हुन सक्ने भएकाले आफ्नो फिल्म 'म यस्तो गीत गाउँछु २' दर्शकको बीचमा  हेर्ने इच्छा रहेको बताए । उनले पौने ३ मिनेटको भिडियो सन्देशमा आफ्नो कुरा राख्ने र आफूसँग भएको प्रमाणहरू पनि प्रहरी र अदालतसमक्ष दिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्