२४ जेठ २०८३, आइतबार

काभ्रेको ढुंगाखानीमा पहिरो, केही मजदुर पुरिएको आशंका

फागुन १५, २०७८
काभ्रेको ढुंगाखानीमा पहिरो, केही मजदुर पुरिएको आशंका
प्रतीकात्मक तस्वीर ।

काभ्रेको आशापुरेश्वरस्थित ढुंगाखानीमा पहिरो झर्दा केही मजदुर पुरिएको आशंका गरिएको छ । 

पहिरोले ३ स्काभेटर, २ जेसीबीलगायत पनि पुरिएको खबर आएको काभ्रे प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । 

‘म पनि घटनास्थलतर्फ जाँदैछु, एक जनाको मृत्यु भएको भन्ने पनि खबर छ,’ उन लोकान्तरसँग भने, ‘अहिले पनि पहिरो झरिरहेको भन्ने छ ।’

थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्