कपिलवस्तु २० असार– कपिलवस्तुको सीमावर्ती कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रजत प्रताप शाह विजयी भएका छन् ।
संघीय समाजवादी फोरमबाट टिकट नपाएपछि रजतले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
फोरमले अभय प्रताप शाहलाई उम्मेदवार बनाएको थियो । फोरमको गढ मानिएको कृष्णनगरको बहादुरगञ्जमा चुनाव प्रचारको अन्तिम दिन अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गरेका थिए ।
७ हजार ३ सय २८ मत पाएर रजत विजयी भए । फोरममा आधिकारीक उम्मेदवार अभय तेस्रो स्थानमा पुगे । माओवादी केन्द्रका शिवप्रसाद कलवारले मेयरमा ३ हजार २ सय ५ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शवनम खातून विजयी बनेकी छिन् ।
संघीय समाजवादी फोरमका सांसद अभिषेक प्रताप शाह काका अभयलाई जिताउन लागि परेका थिए । मतगणना शुरु भएलगत्तै अविषेक भने काठमाडौं हिडेका थिए ।
कृष्णनगरको राजनीतिमा शाह परिवार हावी रहदै आएको थियो । अविषेकका जिजुहजुरबुवा गयाप्रताप शाह राणाकालीन सरकारमा मन्त्री थिए भने अभिषेकका पिता अजय प्रताप शाह राप्रपाको सांसद थिए ।