सर्लाही, १८ पुस– नयाँ वर्षको अवसरमा ‘पिकनिक’ का लागि गएका विद्यार्थी सवार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरुले ‘रिजर्भ’ गरेको ना ३ ख ७६६८ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलाको पुलबाट खसेको थियो ।
दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । बसमा सवार सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यु र सोही ठाउँ वडा ५ का २० बर्षीय सन्देश बस्नेतको मृत्यु भएको जनाइएको छ ।
घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । बस पुलबाट खोलमा रहेको बालुवाको ढिस्कोमा ठोकिएको थियो ।