काठमाडौं, २० असार — स्थानीय तहको जारी मतगणना अनुसार अब मात्र ४४ तहको नतिजा आउन बाँकी रहेको छ ।
जारी मतगणनाअनुसार कांग्रेसले १३ स्थानमा अग्रता गरेको छ भने एमालेले २४, माओवादीले ३ र अन्य दलले ४ स्थानमा अग्रता लिएका छन् ।

अहिले सम्म २९० तहको नतिजा आएको छ । जसअनुसार सर्वाधिक १२७ स्थानीय तह जित्दै नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।
यस्तै १०८ स्थानीय तह जित्दै कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित दर्ता गरेको छ ।
यसैगरी फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले समान ६—६ स्थानीय तहमा जित हासिल गरेका छन् भने राप्रपाले पनि तीन तह जितेको छ । यस्तै जनमोर्चाले २ तह जित्दा स्वतन्त्र उम्मेदवारपनि दुई स्थानमा विजयी भएका छन् ।