०५ साउन २०८३, मंगलबार

रुसी सेनाले जानाजान आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको युक्रेनको दाबी

फागुन १७, २०७८
रुसी सेनाले जानाजान आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको युक्रेनको दाबी

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका एक सल्लाहकारले रुसमाथि गम्भीर आरोप लगाएका छन् । 

रुसी सेनाले युक्रेनीहरूमा त्रास फैलाउन आवासीय क्षेत्र र नागरिक संरचनामा जानाजान आक्रमण गरिरहेको उनले बताए । 

‘मुखौटो उत्रियो । रुसले सक्रिय रूपमा शहरका केन्द्रमा आक्रमण गरिरहेको छ । उसले आवासीय क्षेत्र र प्रशासनिक केन्द्रमा सिधै क्षेप्यास्त्र र आर्टिलरी आक्रमण गरेको छ,’ मिखाइलो पोदोल्याकले बताए । 

‘रुसको लक्ष्य स्पष्ट छ । आमजनतामा त्रास फैलाउने, नागरिक हताहती गराउने र पूर्वाधार नष्ट गर्ने । युक्रेनले शिष्टताका साथ युद्ध लडिरहेको छ,’ उनले बताए ।

रुसले युक्रेनमा विशेष कारवाही गरिरहेको र देशको भूमि ओगट्ने लक्ष्य नरहेको बताएको छ । युक्रेनको सैन्य क्षमतालाई नष्ट गर्न र खतरनाक राष्ट्रवादीहरूलाई कब्जा गर्न आफूले कारवाही चलाएको रुसको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्