१७ असार २०८३, बुधबार

एभरेष्ट पेरेन्ट्रल्सले ल्यायो युरो हेडको अत्याधुनिक प्रविधि

फागुन १७, २०७८
एभरेष्ट पेरेन्ट्रल्सले ल्यायो युरो हेडको अत्याधुनिक प्रविधि

एभरेष्ट पेरेन्ट्रल्स प्रालिले लार्ज भोल्युम पेरेन्ट्रल्स, स्मल भोल्युम पेरेन्ट्रल्स, आँखा–कानको ड्रपहरुको उत्पादनलाई एउटै छतमुनि ल्याएको छ।  

देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले  कम मूल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा यसको स्थापना भएको हो।

प्रदेश नम्बर २ को बारा जिल्लाअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको छाता पिपरा, वडा नं ९ मा अवस्थित एभरेष्ट पेरेन्ट्रल्स प्रालि औषधि उद्योगले ठूलो आशा र सम्भावना बोकेको छ।

प्लान्ट डब्ल्युएचओजीएमपी मापदण्डको पालना गर्दै स्थापना गरिएको हो। यो ८५ हजार वर्गफिट जग्गामा ७८ हजारभन्दा बढी क्षेत्रमा निर्माण भएको छ। यस उद्योगमा आधुनिकतम प्रयोगशाला, उच्च प्रविधिको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेको छ।

पहिलो चरणको कोभिड कालमा भीटीएम किटको अभाव भएको बेला ‘एभरेष्ट पेरेन्ट्रल्स प्रालिले कोभिड–१९ कोरोना भाइरस महामारीको परीक्षणमा प्रयोग हुने सीडीसी गाइडलाइनअनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट बनाएको थियो।

रानासरिया ग्रुपले सन् २०१५ मा आफ्नै देशमा नेपाली जनताका लागि केही नयाँ र फरक गर्नु छ भनेर यस महेश रानासरियाले उद्योग स्थापना गरेका थिए। 

औषधिहरुका लागि नेपाल विदेशमा निर्भर छ, त्यस्ता औषधिहरु नेपालमा नै बनाएर परनिर्भरता न्यून गर्नुपर्ने कम्पनीको भनाइ छ।  

नेपालीहरुलाई सर्वसुलभ रूपमा उच्च गुणवत्ताको औषधि सस्तो मूल्यमा पाउनुपर्छ।

महेश रानासरियाले २०१५ मा उनले एभरेष्ट पेरेन्ट्रल्स प्रालिको नामले औषधि उद्योगको सुरुवात गरे। उनी र उनको टिमको अथक प्रयासले  एभरेष्ट पेरेन्ट्रल्स प्रालिले दर्जनौँ गुणस्तरीय उत्पादनहरुबाट नेपाली औषधि बजारमा एउटा अलग पहिचान कायम गरेको छ।

यस उद्योगले पहिलोपल्ट नेपालमा यूरो हेडको अत्याधुनिक प्रविधि ल्याएको छ। यसले गर्दा संक्रमणको खतरा एकदम पनि नरहने उमङ्ग रानासरियाले जानकारी गराए। 

उनले भने, ‘यस प्रविधिको उपयोगले उत्पादको मूल्य अलि बढ्दो रहेछ, तर हाम्रो लागि यो व्यापार मात्र नभएर जिम्मेवारी र सेवा पनि रहेकोले हामी उच्च गुणवत्तालाई सर्वोपरी राखेर अगाडि बढी रहेका छौँ।’

यस उद्योगको लार्ज़ भोल्युमअन्तर्गत यूरो पोर्ट स्ट्राइल पोर्ट स्लाइन पानी २ हजार बोतल प्रतिघण्टा, युरो पोर्ट र स्ट्राइल पोर्ट फ्लेक्सी ब्यागको स्लाइन पानी २५०० ब्याग प्रतिघण्टा र स्मल भोल्युमअन्तर्गत ग्लास  एम्पुल १४ हजार एम्पुल प्रतिघण्टा, ग्लास भायल  ७ हजार सिसी प्रतिघण्टा, इयर ड्रप र आई ड्रप १४ हजार सिसी प्रतिघण्टाको उत्पादन क्षमता छ। 

सीईओ रानासरियाले विश्वास व्यक्त गर्नुभयो कि निकट भविष्यमा हामी जुन औषधि अहिले परराष्ट्रहरुबाट आयात गरिरहेका छौँ, स्वदेशमा नै बनाएर र जुन बनिरहेको छ, त्यसको उत्पादन बढाएर परनिर्भरता न्यून गर्न सक्छौँ र यसको आयातमा खर्च गर्नुपर्ने नेपाली मुद्रा पनि जोगाउन सक्छौँ। 

आफ्नो उद्योगमा उत्पादित औषधिहरुबाट नेपालमा हुने खपतलाई परिपूर्ण गरेर निर्यात गरेर राष्ट्रलाई गौरवान्वित बनाउने र विदेशी मुद्रा नेपालमा ल्याउने पनि लक्ष्य उमङ्ग रानासरियाको छ। 

यसले आयात घाटालाई पनि केही हदसम्म कम गर्ने कम्पनीको दाबी छ। 

उनका अनुसार कम्पनीले २५० जनालाई प्रत्यक्ष रूपमा र अरु धेरैलाई अप्रत्यक्ष रूपमा रोजगारी अवसर प्रदान गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्