
उर्फी जावेद अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् । उनको फेसनको जताततै चर्चा भइरहेको हुने गर्छ ।
‘बिग बोस ओटीटी’की प्रतियोगी रहेकी उर्फी जावेद आफ्नो असामान्य फेसनका कारण फ्यानहरूमा हाबि छिन् । यसका लागि कहिलेकाहीँ उनी ट्रोल पनि हुने गर्छिन् ।
यी सबैको बावजुद उर्फी आफ्ना फ्यानका लागि तस्वीर र भिडियो पोस्ट गरिरहिन्छन् । यसैबीच उर्फीले फेरि एकपटक आफ्नो पछिल्लो बोल्ड फोटोसुटको तस्वीर शेयर गरेकी छन् ।
उर्फी जावेदले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो पछिल्लो फोटोसुटका तस्वीरहरू शेयर गरेकी छन् । फोटोमा उर्फीले आफ्नो शर्टका सबै बटन खुला राखेको देख्न सकिन्छ ।
योसँगै उनले शर्ट मात्रै नभएर आफ्नो जिन्सको बटन पनि खुला राखेकी छन् । यस क्रममा, उर्फी खुला शर्टमा आफ्नो नीलो ब्रालेट फ्ल्यान्ट गरेको देखिन्छ ।