०९ असार २०८३, मंगलबार

झण्डै २ हजारले बढ्यो सुनको मूल्य

फागुन १८, २०७८
झण्डै २ हजारले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । 

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रूपैयाँले बढेर १ हजार ३७५ पुगेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्