०४ असार २०८३, बिहीबार

अष्ट्रेलियामा नेपालीहरुको ‘ग्याङ फाइट’, एकको अवस्था गम्भीर

कात्तिक २०, २०७४
अष्ट्रेलियामा नेपालीहरुको ‘ग्याङ फाइट’, एकको अवस्था गम्भीर
काठमाडाैं, १८ पुस- अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच झडप भएको छ । झडपमा  घाइते भएका युवाको होस अझैसम्म पनि खुल्न सकेको छैन ।

उनको अहिले सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भैरहेको छ । न्यू साउथ वेल्स प्रहरीलाई उदृत गर्दै हिमालय कंगारुले जनाए अनुसार नेपालका २१ वर्षीय युवा सत्कार अधिकारी गम्भीर घाइते भएका हुन् ।

अहिलेसम्म पनि उनको खोजीमा आफन्तहरु नआएको भन्दै प्रहरीले खोजी गर्न नेपाली समुदायलाई अनुरोध गरेको छ ।

प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्षको दिन दुई युवाहरुको बारमा छिर्ने बेलामा झडप भएको थियो । उनीहरुको हानाहान हुँदा अधिकारी बारको छतबाट खसेका थिए ।

अस्पतालका अनुसार उनको मस्तिकबाट रगत बग्नुको साथै सुन्निएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको अरु विरण खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्