
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक फागुन २९ र ३० गते बस्ने भएको छ ।
बुधवारको केन्द्रीय कार्यकारिणी बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो ।
यस्तै त्यसअघि फागुन २८ मा संघीय परिषद् बैठक बस्ने भएको छ ।
कार्यकारिणी समिति बैठकले २०७९ असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।