०९ असार २०८३, मंगलबार

बाँकेमा नरभक्षी भनिएको पाटेबाघ नियन्त्रणमा

फागुन १८, २०७८
बाँकेमा नरभक्षी भनिएको पाटेबाघ नियन्त्रणमा
तस्वीरः नमूना केसीको फेसबुकबाट ।

बाँकेमा नरभक्षी भनिएको पाटेबाघ नियन्त्रणमा लिइएको छ । 

राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वन क्षेत्रबाट सो पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । 

बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज, एनटीएनसी, नेपाली सेना, नेपाल प्रहरीलगायत संयुक्त रुपमा खटिएका थिए । 

सो भाले बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो । 

पछिल्लो ६ महिना यता बाँकेको राप्तीसोनारी क्षेत्रमा मात्रै पाटेबाघको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्