काठमाडौँ, २१ असार- छानबिनका लागि दुई प्रहरी उपरीक्षक (एसपी) प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । सर्वसाधारणले उजुरी गरेपछि छानबिनका लागि पर्साका एसपी गोविन्द साह र सप्तरीका एसपी अनुराग द्विवेदीलाई २४ घण्टाभित्र हाजिर हुन हेडक्वार्टर झिकाइएको हो, राजधानीमा खबर छ ।

‘गैरव्यावसायिक आचरणमा उजुरी परेपछि मुख्यालयले छानबिनका लागि झिकाएको हो,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने । उनीहरूको विषयमा धेरै पहिलादेखि उजुरी आए पनि प्रहरी प्रधान कार्यालयले निवर्तमान गृहमन्त्री विमलेन्द्र निधिको कारणले झिकाउन सकेको थिएन ।