२९ जेठ २०८३, शुक्रबार

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक [भिडियो]

फागुन २०, २०७८
प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक [भिडियो]

गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहीवार सार्वजनिक भएको छ ।

डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो ।

म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ

शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् । 

गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्