१३ साउन २०८३, बुधबार

आणविक भट्टीका विषयमा युक्रेनले अनावश्यक त्रास फैलाएको वैज्ञानिकहरूको आरोप

फागुन २०, २०७८
आणविक भट्टीका विषयमा युक्रेनले अनावश्यक त्रास फैलाएको वैज्ञानिकहरूको आरोप

युक्रेनका अधिकारीहरूले जापोरिझझिया आणविक भट्टीमा रुसले आक्रमण गरेकाले विकिरणको स्तर बढेको भनी त्रास फैलाएका छन् । 

उनीहरूले युक्रेनको आकाश बन्द गरेर सारा संसारलाई जोगाउनुपर्ने अपील गरेका छन् । 

तर आणविक भट्टीबाट विकिरणको स्तर बढेको कुनै प्रमाण फेला परेको छैन । उक्त भट्टीका प्रशासकले विकिरणको जोखिम नरहेको र सुरक्षा सुनिश्चित रहेको पुष्टि गरेका छन् । 

त्रास फैलाएको र मानिसहरूलाई दिग्भ्रमित गरेको भन्दै पश्चिमी मुलुकका आणविक विशेषज्ञहरूले युक्रेनको निन्दा गरेका छन् । 

युक्रेनीहरूले जापोरिझझिया आणविक भट्टीको नियति चेर्नोविलको जस्तो हुन लागेको भन्दै त्रास फैलाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्