
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक काठमाडौंमा शुरू भएको छ ।
शुक्रवार दिउँसो ११ बजे बस्ने भनिए पनि नेताहरू आन्तरिक छलफलमा भएपछि बैठक ढिला गरी शुरू भएको हो ।
बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बसिरहेको छ ।
अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि माओवादीमा विवाद चुलिएको छ ।
नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको छ । नारायणकाजीले आजको बैठकमा एमसीसीका विषयमा फरक मत राख्ने बताइएको छ ।