
नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि शुक्रवार पुनः मतदान भएको छ ।
बिहीवार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।
३ जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि शुक्रवारपुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।
उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान शुरू भएको छ । कांग्रेसको १४औं जिल्ला अधिवेशनमा कूल १ हजार ४९३ मतदाता छन् ।
बिहीवार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।