
नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ ।
जीवन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।
उपाध्यक्षमा सुनिता कार्की, सचिवमा हिमाल लम्साल, सहसचिवमा हिमा विक, कोषाध्यक्षमा दिनेश खड्का रहेका छन् ।
त्यस्तै सदस्यहरूमा बिमल खतिवडा, विनय बन्जरा, दीपेन्द्र थापा, निर्दोष घोरासाइने, प्रशन्न ढुंगाना, संचिता घिमिरे रहेका छन्।
सो समाज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता गरिएको छ ।
पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर संस्था दर्ता गरिएको समाजले जनाएको छ ।
‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरूको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उद्देश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने,’विकास निर्माणका विभिन्न क्षेत्रहरू छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरूको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’