
टाटा मोटर्स को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले 'टाटा मोटर्सको धमाका' योजना सार्वजनिक गरेको छ ।
कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाई दिने सोच बनाएका ग्राहकहरूका लागि अहिलेको असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर यो आकर्षक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ ।
माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्ग का सिनियर जि. एम अनुपमणि ढकालले जनाएका छन्।
'टाटा मोटर्सको धमाका' अन्तर्गत यी अफरहरु प्राप्त गर्न सकिन्छ ।