१० असार २०८३, बुधबार

ट्रकले ठक्कर दिँदा एकको मृत्यु

फागुन २०, २०७८
ट्रकले ठक्कर दिँदा एकको मृत्यु

धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमायाँ आलेमगरको धादिङ अस्पतालमा उपचारको  क्रममा मृत्यु भएको हो । सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनापछि निम्तामा आएकाले घाइतेको उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि पुर्याएका थियो ।

salt training

कमेन्ट गर्नुहोस्