०४ साउन २०८३, सोमबार

सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

फागुन २०, २०७८
सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ ।

 जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन्। साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्